नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य बढेको हो।
महासङ्घका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधवार सुनको मूल्य प्रतितोला प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
बिहीबार चाँदीको मूल्य भने १५ रुपैयाँले घटेको छ। बुधवार प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार प्रतितोला २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।