नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ। 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार सुन तोलाको एक लाख ९३ हजार ७०० कायम भएको छ भने चाँदीको मूल्य दुई हजार १५० निर्धारण भएको छ।
बिहीबारको तुलनामा आज चाँदी तोलामा रु ७५ ले बढेको छ।