नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले राजनीतिक प्रतिशोधको आधारमा पार्टीका अध्यक्ष माधव कुमार नेपालमाथि मुद्दा दर्ता गरेको आरोप लगाएका छन्। 
बिहीबार सञ्चारकर्मीहरुकोसँगको कुराकानीमा उनले अध्यक्ष नेपालले जग्गा प्रकरणमा जग्गा खरिद विक्री प्रकरणमा भ्रष्टाचारसँग जोडिने कुनै अपराध नगरेको दाबी गरे। 
उनले भने, ‘जग्गा खरिद विक्रीकरणमा भ्रष्टाचारसँग जोडिने कुनै अपराध भएको जस्तो लाग्दैन। यति बेला यो घटना जन्मनु, आउँदो २८ गतेभित्र अख्तियारलगायत सबै संवैधानिक निकायहरूको म्याद सकिने फैसला पनि हुनु अनि यही छोटो अवधिमा के–के गर्नुपर्ने गरी भ्याउनुपर्ने बाध्यता भएकाले नै यो सबै भएको हो कि जस्तो लाग्छ। यो राजनीतिक प्रतिशोध नै हो।’
उनले गिरीबन्धुमा पनि यस्तै नीतिगत निर्णय भएको भन्दै नीतिगत निर्णयलाई यसैगरी भ्रष्टाचार हो भन्दै मुद्दा लगाउने हो भने संसदमा रहेका धेरै मान्छेहरू बिदा हुने समेत धारणा राखे। 
अख्तियारले पतञ्जलि योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ।