साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ। 
आइतबार तोलाको १ लाख ८८ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज बढेर तोलाको १ लाख ८९ हजार ८०० सयले कारोबार  भइरहेको छ। 
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ। आइतबार १ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी ५ रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।