ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन्।
मन्त्री खड्काले सिन्धुलीमा निर्माणाधीन सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको स्थलगत अवलोकन तथा निरीक्षण गर्दै उनले कामलाई तीव्र गतिमा अगाडि बढाएर तोकिएकै समयमा आयोजना सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका हुन्।
‘आयोजना निर्माणको कामलाई तीव्र गतिमा अगाडी बढाउनुस्, काम तकिएकै समयमा सक्नेगरि लाग्नुस्,’ काम गर्ने स्पिड बढाउनुस्, कार्य प्रगतिको आधारमा बजेटको अभाव हुँदैन,’ मन्त्री खड्काले भने।
उर्जामन्त्री खड्काले आयोजनाको १३।२ किलोमिटर सुरुङ निर्माण सकिएकोले अब हेडवक्सको काम तीव्र गतिमा सक्न ठेकदार कम्पनीलाई निर्देशन दिए।
उक्त आयोजनाबाट एक लाख २२ हजार हेक्टर सिचाई हुने र ३२ मेगावाट विद्युत् उत्पादन हुने र कुल पानीको १० प्रतिशत खानेपानी सुविधा उपलब्ध गराउन भएकोले सबै मिलेर काम गर्नुपर्ने बताए।