आज काठमाडौँ उपत्यकामा भोटो जात्रा पर्व मनाइँदै छ। नेपाल संवत्को सातौँ महिना बछलाको शुक्ल पक्षको चौथो तिथिमा पर्ने यो जात्रा मनाइन्छ। 
बुंग द्यः जसलाई रक्तलोकित्सर्व करुणामय अनि रातो मछिन्द्रनाथका साथै, वर्षाका देवताका रूपमा प्रचलित यस देवताको जात्रा काठमाडौँले सदियौँदेखि मनाउँदै आएको छ। 
ललितपुरमा शासन गरेका राजा नरेन्द्र देवको पालादेखि मनाइँदै आएको यो जात्रा पुलचोकमा ६० फुट अग्लो रथको निर्माण कार्य अगाडि बढेदेखि नै यस जात्राको रौनक सुरु हुन्छ। रथ निर्माण पछि बुंग द्यः को मन्दिरबाट मूर्ति ल्याएर रथमा राखी एक महिनासम्म भक्तजनहरूले त्यस रथलाई उपत्यकाका विभिन्न ठाउँहरूमा तानिन्छ। 
रथ तान्ने क्रम गाबा हल, मगंलबजार, हाखा, सुन्धारा, चक्रबाहल, लगनखेल हुँदै जावलाखेल मैदानमा राखिन्छ र शुभसाईत हेरेर भोटो जात्राको मिति तय गरिन्छ। यो जात्रा नेपाली ऐतिहासिक भोटो देखाएपछि मात्र अन्त्य हुने गर्दछ। यसरी भोटो देखाउनका लागि राष्ट्रप्रमुख आउने र अन्य महत्त्वपूर्ण विशिष्ट व्यक्तिहरू उपस्थित रहने चलन छ। भोटो जात्राको अवसरका उपत्यकाका तीन जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर) मा सार्वजनिक बिदा समेत दिइएको छ।