राजावादीको प्रदर्शनमा घुसपैठ भएको भन्दै एक जनालाई पक्राउ गरिएको छ।
आन्दोलनमा घुसपैठ गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी अपिलराज बोहराले जानकारी दिए।'एक जनालाई केहीबेर अगाडि नियन्त्रणमा लिएका छौं, उनलाई अहिले परिसरको कार्यालय भद्रकालीमा लगिएको छ,' उनले भने।
संयुक्त जनआन्दोलन समितिुको नेतृत्वमा भएको प्रदर्शनका लागि शुरूमा नारायणहिटी दरबार क्षेत्रलाई केन्द्र बनाउने तयारी गरिएको थियो।
तर, काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि प्रदर्शन स्थल परिवर्तन गरेर शान्तिवाटिकामा भेला गरेका थिए।
राजावादी समूहले राजसंस्थाको पुनःस्थापना र वर्तमान व्यवस्थाविरुद्ध आवाज उठाउँदै आन्दोलन थालेको हो।