राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य कायम गर्नुपर्ने माग राख्दै संयुक्त जनआन्दोलन समितिको अगुवाइमा राजावादी समूहले आज पनि प्रदर्शन गर्ने भएका छन्।
आइतबार राजधानीको माइतीघर क्षेत्रमा शान्तिपूर्ण ब्यानर प्रदर्शन गर्ने भएका हुन्। यो आन्दोलनको आज चौथो दिन हो।
शुक्रवार राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध यस समूहले प्रधानमन्त्री निवास रहेको बालुवाटार अगाडि पुगेर प्रदर्शन गरेका थिए।
राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापनाका साथै सङ्घीयता खारेजीको माग गरेर जेठ १५देखि अनिश्चित कालीन आन्दोलन सुरु गरेका छन्।