बिहीबार अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन शुक्रवार घटेको छ। अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँ घटेको हो। 
नेपाल सुनचाँदी व्यवसायी महासंंघका अनुसार शुक्रवारका लागि सुन प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन १ लाख ८० हजार ३ सय रुपैयाँ थियो। यसैगरी, आज चाँदीको भाउ तोलामा १२५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।