एक सातामै सुनको भाउले नयाँ रेकर्ड बनाएको छ।
बिहीबारको तुलनामा शुक्रवार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको हो। अघिल्लो दिन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७६ हजार २ रुपैयाँ पुगेको छ।
यो मूल्य हालसम्मकै उच्च हो।
त्यस्तै, चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँ पुगेको छ।