मकवानपुरमा बस र म्याजिक भ्यान ठोकिँदा आज बिहान एक जनाको मृत्यु भएको छ। 
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ लोथर बजारस्थित पूर्वपश्चिम सडक खण्डमा चितवनबाट हेटौँडा तर्फ आउँदै गरेको बा प्र ०३–००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट चितवन तर्फ जाँदै गरेको बा प्र ०३–००१ च ३०१२ नम्बरको म्याजिक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
म्याजिक गाडी चालक मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर–४ बस्ने ३२ वर्षीय सन्देश कोइरालाको उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइतेको चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।