राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई दिइएको छ।
समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईंलाई कमाण्डरको जिम्मेवारी दिइएको जानकारी गराए।
प्रसाईंकै नेतृत्वमा भोलि (शुक्रबार) काठमाडौंमा प्रदर्शन हुँदैछ। राजावादीको प्रदर्शनका लागि काठमाडौं प्रशासनले तिनकुनेको स्थान छुट्याएको छ।
उक्त प्रदर्शन सफल बनाउने दायित्व सम्झिएको बताउँदै सुवेदीले आन्दोलनमा सहभागी हुन अपिल समेत गरेका छन्।
सोही दिन गणतन्त्र पक्षधरहरूले पनि काठमाडौंको भृकुटिमण्डपमा प्रदर्शन गर्दैछन्।
दुई ठाउँमा प्रदर्शन हुने भएपछि प्रहरी प्रशासनले सुरक्षा सतर्कता बढाएको छ।
