बारा प्रहरीले २१ लाख ९२ हजार बराबरको समान सहित एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको चेकिङ टोलीले बिल बिजक भन्दा समान फरक रहेको पाइएपछि ट्रकलाई नियन्त्रणमा लिएको हो।
प्रसौनीबाट वीरगन्ज तर्फ जाँदै गरेको ना ३ ख ७०५० नं. को ट्रकलाई पतञ्जलि चौकमा रोकी चेक जाँच गर्दा बिल बिजक नै फरक परेको इलाका प्रहरी कार्यालय प्रसौनी प्रहरी निरीक्षक सुरेश राज भाट्टले बताए।
उनका अनुसार उक्त ट्रकमा हरियो मटर १२० बोरा, बिस्कुट ९५० काटुन र हाडवयर लगायतका सामान बरामद गरिएको छ। उक्त समानहरू बिल बिजक भन्दा समान फरक रहेको हुँदा समान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय वीरगन्ज, पर्सा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।