सुन्दरहरैँचा । "कोशीमा डीआईजीले सुरू गरेको महत्वपूर्ण अभियान   लागुऔषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न कोशी प्रदेश प्रहरी कार्यालयले ‘फ्यान  (फाइट एगेन्स्ट नार्कोटिक्स)’ अभियान सञ्चालन गर्दै आएको छ । 

‘अबको युद्ध, दुर्व्यसनविरुद्ध’ भन्ने नारासहित अभियानलाई तीव्र पारिएको हो । विद्यालयस्तरमै ‘फ्यान क्लब’ स्थापना गर्दै बालबालिका, परिवार र समुदायलाई सचेत पार्ने उद्देश्यसहित अगाडि बढाइएको यो अभियानले उल्लेखनीय उपलब्धिहरू हासिल भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

सुनसरीबाट सुरु भएको दुर्व्यसन विरुद्धको अभियान हाल कोशी प्रदेशमा विस्तारित हुँदैछ। अभियानको परिकल्पना सुनसरी प्रहरी प्रमुखका रूपमा कार्यरत रहेका बेला वर्तमान कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले गर्नु भएको थियाे । अधिकारीको नेतृत्वमा यस अभियानलाई समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समेटेर अघि बढाइएको थियो । जसले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ ।su2

डीआईजी अधिकारीले अपराध रोकथाम र नियन्त्रणका क्षेत्रमा यो अभियानले ठूलो भूमिका खेलिरहेको जानकारी दिनुभयाे । उहाँले अभियानको प्रभावले समुदायमा ठूलाे जागरूकता तथा परिवर्तन ल्याएको उल्लेख गर्नुभयाे ।

सुनसरी जिल्लामा अभियानको प्रारम्भिक सफलतापछि यसलाई प्रदेशभरि सञ्चालन गरिएको छ । यस अभियानले दुर्व्यसनबाट बचाउन र युवाहरूलाई सकारात्मक दिशातर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने प्रहरीले उल्लेख गरेको छ । अभियान सञ्चालनका पछाडि ५  महत्वपूर्ण कारणहरू रहेका छन्। ती कारणहरूमा पहिलाे, किशाेर अवस्थामा रहेकाे बालबालिका मूलत; साथीभाइकाे दवाव, आफूले आईडल मान्नेकाे सिकाे, नयाँ नयाँ अनुभव हासिल गर्ने जिज्ञासु स्वभाव, नशालु पदार्थ प्रति भ्रम वा अज्ञानता कारण दुर्व्यसनमा फस्ने उच्च जाेखीममा रहेका छन्।  दाेस्राे, लागू पदार्थकाे कुलतकाे शुरुवात हाम्राे राज्य र समाजले सहजरूपले लिएकाे खैनी, चुराेट, गुट्खा, मदिराबाट हुन्छ। यी लागु  पदार्थ सेवन गर्दा भविष्यमा कूलतमा फसिन्छ वा सेवनकर्ता फस्छ भन्ने खतरालाई हाम्राे समाजमा प्रायः सबैले नजर अन्दाज गरेकाे छ। 

तेस्राे, दुर्व्यसनकाे फैलावटकाे प्रवृत्ति  गुणात्मक स्वरूपकाे छ। चाैथाै, लागू पदार्थकाे गैरकानूनी  काराेबार संगठित प्रकृतिकाे हुन्छ। यसकाे गैर कानूनी काराेबार गर्ने व्यक्ति वा समूह संगठित भएकाले धेरै हिसाबले सशक्त  हुन्छन। साम, दाम, दण्ड भेद जुनसुकै रणनीति अपनाएर सुनियाेजित ढंगबाट बलियाे संञ्जालमार्फत कानून र समाजकाे कमिकमजाेरीमा खेल्दै  लागू पदार्थकाे गैरकानूनी  काराेबार गर्छन र निर्दाेष बालबालिकाहरूलाई कूलतमा लगाउदछन्। पाचाै, लागू पदार्थकाे कूलत  जस्तै हाे।  जहाँ जान त सकिन्छ फर्कन निकै कठिन छ। su1

यसकारण  दुर्व्यसनकाे यस  कहाली लाग्दाे अवस्था युद्धजस्तै खतरनाक भएको उल्लेख गरिएको छ । यसकाे राेकथाम तथा नियन्त्रणका लागि सबै एकजुट भएर युद्धस्तरकै तयारी, सहकार्य, अग्रसरता र निरन्तरता चाहिने प्रहरीकाे भनाइ छ। दुर्व्यसन राेकथाम तथा नियन्त्रण  सबैकाे सराेकारकाे विषय भएकाले प्रत्येक ब्यक्तिले, सरकारी तथा निजी संघसंस्थाले आ-आफ्नाे व्यक्तिगत वा संस्थागत काम भन्दा उच्च महत्व दिएर अग्रसर हुनु जरूरी भै सकेकाे छ । अनि मात्र हामीले याे भयानक युद्ध  जित्न सक्दछाै। तसर्थ,  यो अभियान आवश्यक देखिएको डीआईजी अधिकारीले बताउँनु भयाे । उहाँले यसको व्यापक प्रभावलाई देखेर अन्य प्रदेशहरूमा कार्यान्वयनको आवश्यकता महसुस गर्न थालिएको बताउँनु भयाे ।


२०७५ साल माघ १४ गते सुनसरी जिल्ला प्रहरी कार्यालयले ‘शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि’  समुदाय प्रहरी साझेदारी अन्तर्गत ‘दुर्व्यसनविरुद्द ‘फ्यान’ अभियानको अवधारणा  लागु गरेकाे थियो। अभियानको प्रारम्भिक चरणमा सुनसरी जिल्लाका १६ वटा माध्यमिक विद्यालयहरूलाई समावेश गरिएकाेमा हालसम्म ७२ वटा विद्यालयमा विस्तार भइसकेको छ । 


अभियानको मूल उद्देश्य विद्यालयमा ‘फ्यान क्लब’ गठन गरेर विद्यार्थीहरूलाई लागुऔषधविरुद्ध सचेतना फैलाउने र जाेखीम पर्न सक्ने युवालाई नै दुर्व्यसन विरूद्धकाे सशक्त याेद्धा बनाउने हाे। तसर्थ, क्लबमार्फत विद्यार्थीलाई सकारात्मक क्रियाकलापमा संलग्न गराउँदै नकारात्मक क्रियाकलापका रूपमा रहेकाे दुर्व्यसनको जोखिम न्यूनीकरण गर्न पहल गर्ने गरिएको डीआईजी अधिकारी बताउँनु हुन्छ  । 


  ‘फ्यान’ अभियान विद्यालयस्तरमा मात्र सीमित नभइ समुदायमा समेत प्रभावकारी रूपमा विस्तार भएको छ। अभियानअन्तर्गत सार्वजनिक स्थलहरूमा धुम्रपान, मद्यपान तथा लागुऔषध सेवनलाई निरुत्साहित गर्न स्वयंसेवक परिचालन गरिएको छ। 


धार्मिक तीर्थस्थल वराहक्षेत्र कुम्भ मेलामा ३ सय ९० जना स्वयंसेवक परिचालन गरी ६ हजार भन्दा बढी सचेतनामूलक पर्चा वितरण गरिएको थियो। 

बराहक्षेत्र नगरपालिकामा ‘दुर्व्यसन निषेधित घर’ घोषणा गर्दै प्रत्येक घरमा सचेतनामूलक स्टिकर टाँस गरिएको छ।


आदर्श मावि चताराले ‘दुर्व्यसन निषेधित विद्यालय’ घोषणा गर्दै लागुऔषधविरुद्धको अभियानलाई थप सशक्त बनाएको छ। अभियानलाई अझ प्रभावकारी बनाउन कोशी प्रदेश प्रहरीले स्थानीय तह, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरूसँग सहकार्य गर्दै आएको छ।su4


बराहक्षेत्र नगरपालिकाको शिक्षा शाखाले अन्य संघ–संस्था तथा क्लबहरूसँग मिलेर ‘फ्यान क्लब’ गतिविधिहरूलाई समेत समावेश गर्ने योजना अघि सारेको छ। प्रदेश सरकारले यसलाई दीर्घकालीन रूपमा अघि बढाउने योजना बनाएको छ । मुख्यमन्त्रीको नेतृत्वमा गौरवको योजनाका रूपमा यसलाई अगाडि बढाउने तयारी छ । 


प्रदेश सरकार तथा स्थानीय निकायहरूको सहकार्यमा फ्यान अभियानलाई संस्थागत गर्न विभिन्न योजना बनाइएको छ।  आगामी दिनमा विद्यालयस्तरमा ‘फ्यान’ पुस्तकालय स्थापना गरी लागुऔषध नियन्त्रणसम्बन्धी जानकारी प्रदान गर्ने, ‘फ्यान आलमुनी’ गठन गरी अभियानमा संलग्न विद्यार्थीहरूलाई संगठित गर्ने, ‘फ्यान मोनिटरिङ डेस्क’ स्थापना गरी अभियानको प्रभावकारिता सुनिश्चित गर्ने, ‘फ्यान आईडल’ घोषणा गरी दुर्व्यसनविरुद्ध उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्ने, दुर्व्यसन मुक्त विद्यालयहरूको ‘ग्रेडिङ’ प्रणालीअन्तर्गत उत्कृष्ट विद्यालयलाई पुरस्कृत गर्ने र अभिभावकहरूलाई लक्षित गर्दै ‘दुर्व्यसनविरुद्ध आमाहरू’ अभियान सञ्चालन गर्ने योजना अघि सारिएको छ।


यस अभियानलाई थप संस्थागत गर्दै लैजान प्रदेश सरकार तथा स्थानीय तहहरूले फ्यान अभियानलाई आफ्नो वार्षिक कार्ययोजनामा समावेश गर्ने तथा आवश्यक बजेटको व्यवस्था गर्ने योजना बनाएका छन्।  ‘फ्यान’ अभियानले बालबालिका, विद्यालय, अभिभावक तथा समुदायलाई एकताबद्ध गर्दै दुर्व्यसनविरुद्ध चेतनाको स्तरवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको प्रहरीको बुझाइ छ । 


अभियानको प्रभावकारिता बढाउँदै यसको दीर्घकालीन व्यवस्थापन गर्न सरकार तथा स्थानीय निकायहरूले अझ ठोस कदम चाल्नुपर्ने सरोकारवाला बताउँछन् । ‘दुर्व्यसनबाट छुटकारा, हामी सबैको अभिभारा’ भन्ने अवधारणा राखी अगाडि बढाइएको अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको डीआईजी अधिकारीले उल्लेख गर्नुभयाे  ।


  अभियानबाट हालसम्म ७० हजारभन्दा बढी विद्यार्थीहरू लाभान्वित भएका छन् । सुनसरी जिल्लाका ७२ वटा विद्यालयमा ‘फ्यान क्लब’ गठन गर्दा ९ सय ३६ जना विद्यार्थीहरू प्रत्यक्ष रूपमा अभियानमा आबद्ध भैसकेका छन् । फ्यान क्लबका विद्यार्थीहरूलाई सहजीकरण गर्न बिद्यालयका १ सय ४४ जना सम्पर्क शिक्षकहरू खटाइएको छ । शिक्षकहरुले नेतृत्व विकास, सचेतनामूलक कार्यक्रम तथा विद्यालयस्तरमा सामाजिक परिवर्तनका गतिविधिहरू सञ्चालन गर्न मद्दत गर्ने।उल्लेख्य गरिएको छ  ।