पथरी शनिश्चरे समाचारदाता

आज सोमबार विद्यालयको प्राङ्गणमा अभिभावक दिवस सम्पन्न भएको छ । उक्त कार्यक्रमका सभापति विद्यालयका प्रिन्सिपल  रमेशकुमार  कोइराला ,प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिका शिक्षा शाखा प्रमुख नवीन खुलाल बुढाथोकी,  विशिष्ट अतिथि पथरी शनिश्चरे नगरपालिका वार्ड नं ३ का अध्यक्ष विजय लिम्बु, वार्ड सदस्य  टंक पराजुली पथरी नगर प्याव्सनका सल्लाहकार उपेन्द्र कँडेल विद्यालय सञ्चालक द्वय  देवी रिजाल र  खगेन्द्रप्रसाद लुईटेल जनता माध्यमिक विद्यालय का प्रधानाध्यापक पदम सापकोटा लगायत स्थानीय समाजसेवीहरू उपस्थिमा सम्पन्न कार्यक्रमा बाक्लो  अभिभावककाे  उपस्थिति रहेकाे थियाे। विद्यार्थी शिक्षाप्रेमी तथा समाजसेवी राजनीतिक दल प्रतिनिधिकाे सहभागी रहेको थियाे। 

कार्यक्रममा विद्यालयको तर्फबाट यस वर्षकाे उत्कृष्ठ शिक्षक अवार्ड विद्यालयका शिक्षक नवीन लुइटेललाई प्रदान गरिएको थियो भने उत्कृष्ठ अभिभावककाे अवार्ड चुडामणि तुम्वापोलाई प्रदान गरिएको थियो।

कार्यक्रममम उत्कृष्ट चित्र बनाउने विद्यार्थीलाई ललितकला शिक्षक भीम पुरीले पुरस्कार प्रदान गर्नुभएकाे थियो।त्यसैगरी शम्भुराज घिमिरे,सुमन राई,अष्टमान राई,दीपेन्द्र बस्नेत र कमलप्रसाद रिजाललाई अक्षर सुधार गरिएको भनेर सम्मानित गरिएको थियाे।pathari4

उक्त कार्यक्रममा गायन,एकल नृत्य ,सामूहिक नृत्य ,विभिन्न जातजातिका सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थियाे।

कार्यक्रम मा स्वागत मन्तव्य राख्दै विद्यालय सञ्चालक गोविन्द ढकालले विद्यार्थीकाे भविष्य सुनिश्चित  गर्न विद्यालयले जुनसुकै कदम पनि चाल्न पछि नपर्ने बताउनुभयाे।

विद्यालयलाई शुभकामना दिदै नगर शिक्षा शाखा प्रमुख नवीन खुलालले बजार क्षेत्रका विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता यस विद्यालयसँग  रहेको र न्यूनतम बजेटमा यस विद्यालयमा शिक्षा प्रदान गरेकोमा खुसी व्यक्त गर्नु भएको थियो।pathari1

विद्यालय को ३१औं अविभावक दिवसकाे अवसरमा बोल्दै वार्ड ३ का वडाध्यक्षले सरकारले सम्हाल्नुपर्ने  विद्यार्थी आज निजी संस्थाले सम्हालेकोमा खुसी राख्दै पत्रकारले  समाज परिवर्तन गर्नकाे लागि निष्पक्ष तथा खोज पत्रकारिता गर्नु पर्ने कुरा व्यक्त गर्नुभएकाे थियो। साेही कार्यक्रम विद्यार्थी तयार पारेकाे नाटक समेत प्रस्तुत गरिएको थियाे।