पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्।
आइतबार हृदयघात भएपछि शाहलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ। अहिले शाहको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले बताएको छ।
अहिले उनको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको र खतरामुक्त रहेको बताइएको छ। पारसलाई भेट्न पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाह भने पोखरामा कार्यक्रम भएकाले काठमाडौं आइपुगेका छैनन्। पारसको मुटुमा यसअघि पनि समस्या देखिएको थियो।




















