सुनसरीको बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बुको सोताङ गाउँपालिका ४ का २२ वर्षीय नरेश राई रहेका छन्।चतराबाट उदयपुरतर्फ जाँदै गरेको बा प्र ०२–०४४ प ९८०७ नम्बरको मोटरसाइकल बराहक्षेत्र नगरपालिका १ स्थित रानीखोला सडकमा आइतबार दुर्घटना भएको थियो। घटनामा घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।