दश वर्षको छोराले भनेको एउटा शब्दले उनलाई मधु पोखरीसम्म डोहोर्यायो।
केही महिना अघि १० वर्षीय छोरा स्वर्णिम सुवेदीले जन्मदिन केक काटेर नभई वृद्धाश्रममा मनाउने भनेर छोराले प्रस्ताव राखेपछि वृद्धाश्रममा गएर बृद्धबृद्धालाई खाना खुवाएकी उनलाई आमाको जन्मदिन पनि केक काटेर नमनाउन भनेपछि उनको मन फेरी सामाजिक सेवातर्फ मोडियो। खुसी बाँड्न बालबच्चालाई न्यानो कपडा लिएर सोमबार बिर्तामोड–१० स्थित मधु पोखरीमा पुगिन्। विपन्न तथा दलित समुदायको बसोबास रहेको सो बस्तीका बालबालिकालाई न्यानो कपडा वितरण गर्न पुगेकी बिर्तामोड–५ कि सिता चुडाल सुवेदी।

आर्थिक विपन्नताका कारण चिसोमा समस्या खेपिरहेका स्थानीयलाई लत्ता कपडा लिएर आफ्नो टोलमा कुनै पनि सङ्घ–संस्था र व्यक्ति पनि आइ नपुगेको बताउँदै स्थानीय विनोद दर्जीले सुवेदीलाई धन्यवाद दिए।

सुवेदीले जन्मोत्सवको अवसर पारेर ३० जना विपन्न तथा दलित समुदायका बालबालिकालाई २० हजार मूल्य बराबरको न्यानो कपडा वितरण गरेकी थिइन।

जन्मोत्सवमा खुसीयाली मनाउने नाममा फजुल खर्च गर्ने, आफ्नो संस्कार र संस्कृतिलाई बिर्सिएर पश्चिमा संस्कृतिको सिको गर्दै केक काट्ने, मदिरा र मनोरञ्जनमा ठुलो धनराशि खर्चिने गरेको परम्परालाई तोड्दै जन्मदिन मनाउने हरेक व्यक्तिले सकारात्मक सोच राखेर समाजमा समस्या झेलिरहेकालाई सहयोग गर्नु आफैँमा सह्रानीय कार्य हो। जुन कार्यले लक्षित वर्गमा केही क्षण भए पनि खुसी ल्याउन सकोस्। अनि आफूले गरेको कामले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सकोस्।