राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध पोखरा उच्च अदालतमा पुनरावेदन गरेका छन्।
सोमबार धरौटी रकम उच्च भएको र साधारण तारिखमा नै छोड्नुपर्ने माग सहित उनी उच्च अदालत पुगेका हुन्।
रविलाई कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।