झापाको हल्दिवारी गाउँपालिका-१ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

माघ १३ गते बेलुका जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा प्रदेश १-०१-०१७ प २६१९ नम्बरको मोटरसाइकलमा सवार हल्दिवारी-१ का २० बर्षीय सोनु कर्मकार र दमक नगरपालिका-८ का २३ वर्षीय सक्षम भट्टराईलाई ५ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो।

लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ।