झापा। युवा पुस्ताका चर्चित र्यापर पालैपालो बिर्तामोडमा जारी एपोलो पेन्ट्स अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा सहभागी बनेका छन्। उनीहरूको प्रस्तुतिले महोत्सवलाई बेगले रोनकता प्रदान गरेको छ। हजारौँ समर्थकले उनीहरूको प्रस्तुतिलाई रुचाएर महोत्सवलाई थप रौनकता दिएका हुन्।
गत माघ ८ बाट जारी महोत्सवमा आज माघ १४ गते भाइवर साइमन एण्ड मेक ब्यान्ड र अनु चौधरीले बिर्तामोडको माहोल तताउने भएका छन्। उनीहरूका झापामा हजारौँ हजार समर्थक छन्।
बिर्तामोड उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको महोत्सव अवधिभर नै नेपालका सुप्रसिद्ध कलाकारहरूको प्रस्तुति रहने छ। लाहुरे एण्ड कम्पनी र साहिमाको प्रस्तुति यस अघि नै प्रस्तुत गरिएको महोत्सव मूल आयोजक समितिका व्यवस्थापक ललित सिम्खडाले बताए।
युवा पुस्तामा अधिक रुचाइएका कलाकारको प्रस्तुतिले महोत्सवमा रौनक थप्ने भएपछि आयोजक समितिले यस पटक नेपालका सुप्रसिद्ध कलाकारको उपस्थिति गराएको हो।
युवाको क्रेजलाई मध्यनजर गर्दै आयोजक समितिले चर्चित ¥यापरलाई महोत्सवमा सहभागी गराएसँगै अहिले युवाको ध्यान महोत्सवमा केन्द्रित छ।
विगतका वर्षमा पनि सङ्घले आयोजना गरेको महोत्सवमा कलाकारको प्रस्तुति रहने गरेको थियो। तर, यस पटक युवालाई लक्षित गर्दै कलाकार तय गरिएको हो।
यसैगरी माघ १५ गते बेनिशा पौडेल, १६ गते सुशान्त घिमिरे र आशिष अविरल , १७ गते रकेटको प्रस्तुति रहने छ भने १८ गते छेवाङ लामा र द क्रिएटर्स ब्यान्ड तथा १९ गते स्वप्न सुमनको प्रस्तुति रहने छ। उनीहरूको प्रस्तुतिले महोत्सवलाई थप रोनकता प्रदान गर्ने विश्वास लिइएको छ।