सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला बुधबार अदालतमा हाजिर भएकी छन्।
प्रहरीको फरार सूचीमा रहेकी अञ्जला मोरङ जिल्ला अदालतमा हाजिर भएकी हुन्। कोइरालाविरुद्ध थुनछेक बहस सुरु हुने तयारी भई रहेको अदालत प्रशासनले जनाएको छ।
मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा तत्कालीन सञ्चालक समिति सदस्य रहेका कारण मुछिएकी कोइरालालाई अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन्।
सहकारीका अध्यक्ष शम्भु रौनियार, अञ्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। वडाध्यक्ष खवास भने ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन्। सोही प्रकरणमा नाम जोडिएकी कोइराला भने बुधबार बिहान अदालत खुल्ने बित्तकै हाजिर भएकी हुन्। ‘
सहकारी ठगी प्रकरणमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेकी अञ्जला पेशाले शिक्षक हुन्। प्रतिनिधि सभा सार्वजनिक लेखा समिति सभापति पत्नी अञ्जला विराटनगरस्थित महेन्द्र रात्री माध्यमिक विद्यालयमा पढाउँछिन्।
अदालतले पक्राउ पुर्जी जारी गरेपछि विद्यालयमा पत्र लेखेर अनुपस्थित रहँदै आएकी छिन्अअअ। ‘भर्चुअल’ माध्यमबाट उनका सांसद पति पोखरेलले विद्यालयमा प्रेषित गरेका थिए।
विद्यालयका प्रधानाध्यापक झंकनाथ पराजुलीले अञ्जलाको थप बिदाका लागि लिखित निवेदन आएको र त्यो निवेदन उनका पति पोखरेलमार्फत आएको बताएका थिए।