खानेपानी मन्त्री प्रदीप यादवले सुदूरपश्चिममा भएका खानेपानीको समस्या समाधान गर्ने बताएका छन्।
सुशासन तथा वित्तीय अनुशासनसम्बन्धी कार्यशाला गोष्ठी, २०८१ सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना वीरेन्द्रनगर, सुर्खेत र धनगढी, कैलालीको उद्घाटनका लागि सुदूरपश्चिमको धनगढी आएका मन्त्री यादवले यहाँका गाउँ टोलमा खानेपानी सम्बन्धीका सबै समस्या समाधान गर्ने बताए।
उनले भने, ‘खानेपानीको क्षेत्रमा के के समस्या छन्, म देश भरीमा अनुगमनका लागि दौडिरहेको छु। नागरिकलाई शुद्ध खानेपानी वितरण गर्ने मेरो पहिलो लक्ष र उद्देश्य हो। नागरिकको घर घरमा शुद्ध खानेपानी पुर्याउँछौ।’
सोही कार्यक्रममा बोल्दै मन्त्री यादवले आम देश बासी नागरिकलाई शुद्ध खानेपानी पु¥याउनु आफ्नो प्रमुख दायित्व भएको बताए।
उनले भने, ‘आम नेपाली नागरिकलाई शुद्ध खानेपानी दिनु मेरो प्रमुख दायित्व हो। म आम नागरिकलाई शुद्ध पानी वितरणका लागि सधैँ कटिबद्ध छु। खानेपानीको क्षेत्रमा भएका समस्या बुझ्न म सुदूरपश्चिमको कैलाली आइ पुगेको छु। समस्या समाधान गरेरै छोड्छु।’
मन्त्री यादवले पर्सा जिल्लावासी आम नगारिकहरुका खानेपानीको क्षेत्रमा देखिएका समस्या पूर्ण रूपमा समाधान गरिने समेत बताए।
उनले भने, ‘सरकारको एक घर एक धाराको अवधारणा अनुसार मन्त्रालय विभिन्न खानेपानी आयोजनाको क्षेत्रमा काम गरिरहेको छ। सुदूरपश्चिमका नागरिकका खानेपानीको समस्या समाधान गरेरै छोड्छौँ।’
आम नेपाली नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउन प्रधानमन्त्री केपी शर्मा ओलीको पनि स्पष्ट निर्देशन रहेकाले आफूले पनि मन्त्रालय सम्हालेदेखि हाल सम्म नागरिकका खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्नतर्फ अग्रसर रहेका उनको भनाई थियो।
उनले भने, ‘सरकारको एक घर एक धाराको अवधारणा छ। आम नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पु¥याउन म सहित सिङ्गो मन्त्रालय खटिएका छौँ। तराई, पहाड र हिमाली क्षेत्रका नागरिकलाई शुद्ध खानेपानी वितरण गर्न मैले कुनै कसर बाँकी राखिने छैन।’
पछिल्लो समय चुरे दोहन तथा जलवायु परिवर्तनका कारण पानीका मुहानहरू सुक्दै जान थालेकाले तराई लगायतका क्षेत्रमा भूमिगत पानी सुक्न थालेको एवं चापाकलमा समेत पानी आउन बन्द हुँदा नागरिकलाई पानीको समस्या झन् थपिँदै गएको उनको भनाई थियो।
आजको उक्त कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्रचार्य, सहसचिव रामबाबु पुरी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।