राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूले मङ्गलवार दिउसो स्थानीय प्रशासनद्वारा घोषित निषेधित क्षेत्र तोडेर कास्की जिल्ला अदालत अगाडी वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नाराबाजी गरेका छन्।
सुर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतमा रवि लामिछानेको थुनछेक बहस सकिएर लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्की फिर्ता लैजाने क्रममा रास्वपाका नेता तथा कार्यकर्ताहरूले स्थानीय प्रशासनद्वारा घोषित निषेधित क्षेत्र तोडेर अदालत अगाडी वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नाराबाजी गरेका हुन्।
कडा सुरक्षा व्यवस्थाका बीच प्रहरीले घेरा हालेर प्रत्रकारहरुलाई समेत अलमलमा पारेर रवि लामिछानेलाई प्रहरी भ्यानमा लैजाने क्रममा स्थानीय प्रशासनले घोषणा गरेको निषेधित क्षेत्र कास्की जिल्ला अदाता अगाडी उपस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूले सरकार र प्रम ओलीको विरुद्ध नाराबाजी मात्र गरेका हुन्। 
सोही समूहले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाविरुद्ध चर्को नाराबाजी पनि गरेका थिए। उक्त विरोध प्रदर्शनमा सहभागी केही रास्वपाका कार्यकर्ताहरूले वर्तमान सरकारको राजीनामा पनि माग गरेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूले अदालत अगाडी सरकारविरुद्ध नाराबाजी गरेर शहिदचोक पुगेपछि जम्मा भएका सुर्यदर्शन सहकारी पीडितहरू जिल्ला अदालत अगाडी जम्मा भएर राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूको चर्को विरोध गरेका थिए।
उनीहरूले अदालतमा मुद्दा चलिरहेका बेला कसैले अदालतको काम कारबाहीलाई प्रभाव पार्न नहुने जिकिर गरेका थिए।