आज मंगलाबार देखि बेलबारी १ नक्सालबारिमा पाचौ माघे संक्रान्ति खुल्ला नक आउट फुटबल प्रतियोगिता २०८१ सुरु भएको छ। प्रतियोगिताको उद्घाटन बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राइले गरेका हुन्।
आज भएको उद्घाटन खेल लेटाङ फुटबल क्लब बिरुद्ध सतिसाले स्पोर्टिंग क्लब बीच भएको खेलमा १ –० गोल ले सतिसाले स्पोर्टिंङ क्लब बिजयी बनेको छ भने क्लब पहिलो सेमी –फाइनल खेलको यात्रा तय गरेको हो ।
।सतिसाले स्पोर्टिंग क्लबका खेलाडी जर्सी न ९का सुजन मगरले खेलको २२ मिनेटमा गोल गरि अन्तिम खेल सम्म तेही गोल नै जितको निर्णायक बन्यो। खेलको म्यान अफ दि म्याच सतिसाले स्पोर्टिंग क्लबका खेलाडी जर्सी न ६ का पदम भट्टराई घोषित भए भने उनले नगत २०८१ ट्रफी र मेडल प्राप्त गरे। भोलिको खेल रोयल स्पोर्टिंङ क्लब झापा बिरुद्ध डागीहाट फुटबल क्लब बीच बेलबारी–१ अवस्थित नक्साल्बारी खेल मैदान दिउसो २ बजे देखि हुने छ।
नक्साल बारी फुटबल क्लबको आयोजना तथा संयोजक जनज्योति क्लब र नेपाल मगर सघ नक्सालबारीको आयोजनामा प्रतियोगिता पौष २३ गते देखि माघ १ गते सम्म बेलबारी– १ अवस्थित नक्सालबारी खेलमैदान चल्ने छ। नगरपालिकाको मुख्य सहयोगमा हुने प्रतियोगितामा मोरङ, सुनसरी र झापाका ८ टीम सहभागी छन्। प्रतियोगितामा डाँगीहाट फुटबल क्लब, लेटाङ फुटबल क्लब, केराबारी, इटहरी, तालतलैया एकेडेमी क्लब, सतिसाले स्पोर्टिङ क्लब, पथरी, रोयल स्पोर्टिङ क्लब, दमक, इन्ट्रा क्लब, पानमारा फुटबल क्लब धरान र आयोजक नक्सालबारी फुटबल क्लब, बेलबारी सहभागी टिमले प्रतियोगिता खेल्दै छन्। प्रतियोगितामा विजेता टीमले ट्रफी र मेडलसहित १ लाख १ हजार रुपैयाँ नगत र दोस्रो हुने टीमले ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।