बलात्कारको आरोपमा झापामा एकजना पक्राउ परेका छन्।
एक १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी डेरा गरेर बस्दै आएका भारतका ३५ वर्षीय कुमार तामाङलाई पक्राउ गरेको हो।
उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको घर भारत भएको वेस्ट बंगालको हाँसीमारा रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, ती किशोरीलाई शुक्रबार साँझ बलात्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।




















