मोरङ, सुनसरी र उदयपुरबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। पुस १६ गते दिउँसो साढे २ बजे उदयपुरको कटारी नगरपालिका-४ स्थितमा लागु औषध बिक्री वितरण भई रहेको छ भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा लागुऔषध ट्रामाडोल र स्पास्मो ८ सय ७७ ट्याब्लेट सोही स्थानका ३१ वर्षीय विनय सुनुवार, ३४ वर्षीय हरि कृष्ण राई, २६ वर्षीय करण लिम्बु, २२ वर्षीय बिशाल तामाङ र २० वर्षीय बिकेश तामाङलाई नियन्त्रणमा लिईएको छ।
त्यसैगरी, मोरङको विराटनगर महानगरपालिका-१५ बाट बेलबारी नगरपालिका-२ का ३७ वर्षीय सन्तोष पौडेललाई ३ ग्राम १६ मिलिग्राम ब्राउन सुगर र नाईट्राजाम २० चक्की सहित इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले नियन्त्रणमा लिईएको छ भने जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत प्रहरी कार्यालयहरुबाट विराटनगर महानगरपालिका-१८ स्थितमा खटिएको प्रहरी टोलीले को.१ च ९५८२ नम्बरको स्कारपियो गाडीबाट लागुऔषध गाँजा १ सय ५५ किलोग्राम बरामद गरेसगै चालक धरान उप-महानगरपालिका-१२ का २४ बर्षीय राहुल बिश्वकर्मा र गाडीमा सवार धनकुटा सहिदभुमी गाउँपालिका-६ का १९ बर्षीय सुरज राईलाई नियन्त्रणमा लिईएको छ।
त्यस्तै, इलाका प्रहरी कार्यालय दुहबी सुनसरीले गढी गाँउपालिका-२ घर भई हाल दुहबी नगरपालिका-३ स्थित डेरा गरी बस्दै आएका २३ वर्षीय ओम चौधरीलाई १ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो। पक्राउ परेका सबै जनाको थप अनुसन्धान भईरहेको छ।




















