नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्दै छन्।
बुधवार दिउँसो एक बजे काठमाडौँको कार्की बैन्क्वेटमा रावलले आफ्ना भावी योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेका हुन्।
रावललाई गत १० पुसमा एमालेले पार्टीको सङ्गठित सदस्यबाट हटाउने निर्णय गरेको थियो। त्यसपछि नेता रावल नयाँ पार्टी गठनको तयारीमा जुटेका छन्।
गत सोमबार बिहान मात्रै उनले नेपाली कांग्रेस (बीपी) का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका थिए। भेटवार्तामा रावलले विभिन्न पार्टीबाट अन्यायमा परेकाहरू एक ठाउँमा आएर देशभक्त समाजवादी पार्टी बनाउने प्रस्ताव राखेको स्रोतले जनाएको छ।