चीनले तीव्र गतिको घरेलु ट्रेन (रेल) को परीक्षण गरेको छ। इएमयू सीआर ४५० को ट्रेनको आइतबार बिहान बेइजिङमा प्रोटोटाइम गरेको हो।
परीक्षण कालमा सञ्चालन गति, ऊर्जा खपत, आन्तरिक आवाज र ब्रेकिङ दूरी जस्ता विषयहरु हेर्ने गरिन्छ। 
परीक्षणमा ल्याइएको ट्रेनको गति ४५० प्रतिघण्टा रहेको सीसीटीभीप्लसले जनाएको छ। चीन हाल सञ्चालनमा रहेका तीव्र गतिका ट्रेनभन्दा ३५० किलोमिटर प्रति घण्टाको गतिमा चल्ने जनाइएको छ।
चाइना रेलवेका अनुसार व्यवसायिक सञ्चालनमा आएपछि यात्रुहरूका लागि यात्रालाई थप सुविधाजनक र प्रभावकारी बनाउने जनाइएको छ। यसले समय र ठाउँको दूरीलाई कम गर्न सक्ने जनाइएको छ।