मकवानपुरको बकैया गाउँपालिका–१० मन्थलीमा बाढीपीडितहरुलाई राहत सामग्री वितरण गरिएको छ । 

राप्रपा मकवानपुर जिल्ला कार्यसमितिले भाँडाकुँडा, त्रिपाल, म्याट, बालबालिकाका लागि कपडा, पानी जार, विद्यार्थीहरुलाई झोला लगायतका सामान दिएको हो । उक्त राप्रपा मकवानपुरबाट ८० घर परिवारलाई सामग्री वितरण भएको बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताए ।

Photo (1) 4

असोज ११–१२ गतेको बाढीले बकैया गाउँपालिका वडा नम्बर १० मन्थलीमा ८० घर बगाएको छ । उक्त घरहरु भएका स्थानमा खोला बगिरहेको छ ।