हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

सोही कारण अहिले देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा भने हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम लगायत अन्य प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति भने कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी र बागमती लगायत अन्य प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।