मोरङको बेलबारी नगरपालिका ३ मा सञ्चालित बेलबारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औँ साधारणसभा सम्पन्न भएको छ । आगामी कार्ययोजनासहित वार्षिक प्रतिवेदन पारित गर्दै साधारणसभा सम्पन्न भएको हो ।

सहकारी परिसरमा आयोजित साधारणसभा कै अवसरमा सहकारीले आफ्ना ज्येष्ठ सेयर सदस्यलाई नगद सहित सम्मान गरेको थियो भने सेयर सदस्यका सन्तानमध्ये १०ं२ तहमा उत्कृष्ट अङ्क प्राप्त गर्ने शिक्षा निरौलालाई समेत नगद सहित सम्मान गरेको थियो ।

01

यसैगरी, नियमित बचतकर्ता, दैनिक बचतकर्ता तथा उत्कृष्ट ऋणीलाई पनि सहकारीले सम्मान गरेको थियो । यसैगरी, सहकारीका दुईजना उत्कृष्ट कर्मचारीसमेत सम्मानित भएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सहकारीका सल्लाहकार तथा सामाजिक व्यक्तित्व महेन्द्र सुवेदीले सहकारीको सञ्चालन र व्यवस्थापनमा सेयर सदस्यको भूमिका महत्वपूर्ण हुने बताए । सहकारीले आफूसँग रहेको पूँजी परिचालन गरी उद्योग सञ्चालन गर्न सके आयआर्जनमा वृद्धि हुनुका साथै स्थानीय उत्पादनको प्रवद्रधन समेत हुने उनले उल्लेख गरे । अन्यत्र दर्ता भएका सहकारीले नाफा कमाउने उद्देश्यले कारोबार विस्तार गर्दा पूँजी अन्यत्र गइरहेकाले स्थानीय सहकारीले मात्र कारोबार गर्न पाउनेगरी नियमन गर्न सल्लाहकार सुवेदीले स्थानीय सरकारलाई अपिल गरे ।

03

यसैगरी, कार्यक्रमका सभापतिसमेत रहेका सहकारीका अध्यक्ष प्रतापकुमार थापाले आफ्नो नेतृत्वमा रहेको सहकारीले स्थापनाको २३ वर्ष पार गरिसक्दा धेरै सङ्कटहरूको सामना गरेको बताए । थोरै पूँजीबाट २४५ जनाको समूह बनाएर चलाउन सुरु गरिएको सहकारी हाल करिब आठ सय व्यक्तिको सहभागितामा बहुउद्देश्यीय सहकारीका रूपमा सञ्चालित रहेको उनले उल्लेख गरे । आफ्नो सहकारीले किसानलाई सस्तो मूल्यमा मल तथा बिउ बिक्री गर्दै आएको बताउँदै उनले कुटानी पिसानीका लागि सहकारीले मिलसमेत सञ्चालन गर्न लागेको स्पष्ट पारे । संस्थाको गतिविधि पारदर्शी बनाउन हरेक वर्ष वार्षिक गतिविधि समेटिएको पुस्तक प्रकाशन गर्ने गरिएको उनले उल्लेख गरे ।

कार्यक्रमका प्रमुख अतिथि स्थानीय उद्योगी विन्द्याचलप्रसाद साहले सहकारीले स्थानीय नागरिकको आर्थिक समस्यामा सहयोगीको भूमिका निर्वाह गर्ने गरेको बताए । सहकारीबाट सस्तो ब्याजदरमा पाइने ऋणजस्ता सुविधाले स्थानीयलाई व्यवसाय सञ्चालन गरी स्वरोजगार बन्ने वातावरण प्रदान गर्न मद्दत गर्ने गरेको उनको भनाइ थियो ।

025

कार्यक्रममा सहकारीका सल्लाहकार सदस्य तथा सामाजिक व्यक्तित्व महेन्द्र सुवेदी, बेतना सिमसार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शम्भु भट्टराई, नेकपा माओवादी केन्द्र बेलबारी नगर कमिटीका अध्यक्ष पर्शुराम सुवेदी लगायतको उपस्थिति रहेको थियो ।