युएईको शारजाहमा जारी महिला टी–२० विश्वकप २०२४ को उद्घाटन खेलमा पाकिस्तानले श्रीलंकालाई ३१ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ ।

पाकिस्तानले ११६ रनको मध्यम स्कोर बनाए पनि श्रीलंकालाई मात्र ८५ रनमा सीमित गर्दै जित दर्ता गरेको हो ।  

पाकिस्तानका लागि कप्तान फातिमा साना शीर्ष स्कोरर रहिन्, जसले ३० रन बनाउँदै टोलीलाई लडनयोग्य स्कोरसम्म पुर्याइन् । निदा दारले २३ तथा ओमाइमा सोहेलले १८ रन बनाइन् । 

श्रीलंकाका उदेशिका प्रभोधनी, सुगन्दिका कुमारी र कप्तान चमारी अथापथ्थुले समान ३ विकेट लिएर पाकिस्तानलाई दबाबमा राखेका थिए । तर, पाकिस्तानका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै श्रीलंकालाई लक्ष्यसम्म पुग्न दिएनन् ।  

श्रीलंकाको ब्याटिङमा चमारी अथापथ्थुको प्रदर्शन उल्लेखनीय रह्यो । उनले बलिङमा ३ विकेट लिएर पाकिस्तानलाई दबाबमा राख्न मद्दत गरे तापनि ब्याटिङमा मात्र २२ रनको योगदान दिँदै आउट भइन् । 

यसैगरी विष्मी गुणरत्नेले २० रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् । 

पाकिस्तानका ओमैमा सोहेलले सानदार बलिङ गर्दै ३ विकेट लिइन् भने साना र इकÞबालले पनि समान २–२ विकेट लिए । 

यो जितसँगै पाकिस्तानले श्रीलंकाविरुद्ध लगातार चार खेलमा हार बेहोरेको शृंखला तोड्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।