कोशी प्रदेश योजना आयोगको सदस्यमा दुईजना नियुक्त भएका छन्। नेपाली कांग्रेसको कोटाबाट विराटनगरकी प्रमिला गच्छदार र सुनसरीका नारायण कोइराला बिहीबार सदस्य नियुक्त भएका हुन्। गच्छदार नेपाली कांग्रेस कोसी प्रदेश समितिको महामन्त्री हुन्।‌

माओवादी कोटाबाट नियुक्त भएका दुईजना सदस्यहरूले राजीनामा दिएसँगै मन्त्रिपरिषद्को निर्णयानुसार दुईजना नियुक्त भएका हुन्।

माओवादी कोटाबाट यसअघि नियुक्त भएका सदस्यहरू नमिता न्यौपाने र भवानीप्रसाद बरालले पदबाट राजीनामा दिएका थिए। उनीहरूलाई प्रदेश मन्त्रिपरिषद्ले गत जेठ २८ गतेको निर्णय गरी सदस्यमा नियुक्ति दिएको थियो।‌

केन्द्रमा गठबन्धन फेरिएर कांग्रेस–एमाले संयुक्त सराकार गठन भएसँगै प्रदेश सरकारबाट माओवादी बाहिरिएको छ।‌ पार्टीको कोटाबाट नियुक्त भएका विभिन्न निकायका पदाधिकारीहरूले समेत राजीनामा दिएका छन्। कोसीमा एमाले नेतृत्वको सरकार छ।