राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस गरेका छन्।
बुधवार राष्ट्रपति कार्यालयमा शितलनिवासमा अध्यक्ष विश्वकर्माले राष्ट्रपति पौडेलसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार अध्यक्ष विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८०–८१ को आयोगको वार्षिक प्रतिवेदन पेस गरे हुन्।