नेपाल निर्माण व्यवसायी महासङ्घले  कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई ज्ञापन पत्र बुझाएका छन्।
बुधवार सिंहदरबारमा उनीहरूले मन्त्री सिंहलाई ज्ञापन पत्र बुझाएका हुन्।
निर्माण व्यवसायी महासङ्घको ज्ञापन पत्र बुझ्दै मन्त्री  सिंहले निर्माण व्यवसायीहरुले  धेरै अप्ठ्यारा चुनौतीहरूको सामना गर्नुपरेको  बताए।
उनले निर्माण व्यवसायीमा देखिएका समस्या चाँडो भन्दा चाँडो सरकारले समाधान गर्ने विश्वास व्यक्त गरे।
उनले भने, ‘निर्माण व्यवसायीमा काम गर्दै गर्दा खेरी धेरै अप्ठ्याराहरू रहेका छन्। समग्र रूपमा नै निर्माण व्यवसायीहरूको काम गर्दाखेरीको चुनौतीहरू जुन सामना गरिरहनु भएको छ, यो निर्माण व्यवसायीहरूको मुख्य समस्या जुनमा छ त्यो सरकारले चाँडो भन्दा चाँडो विशेष ध्यान दिएर समाधान गर्ने छ।’
साथै उनले राम्रो नतिजा आउने गरेर काम गर्ने समेत बताए। उनले काम गर्नको लागि सहजता हुने  गरी सरकारले ऐनहरूमा र नीतिगत रूपमा संशोधन गर्नुपर्ने कुरामा ध्यान दिने  बताए।