नेपाली बजारमा बुधबार सुनको मुल्यले पुन : नयाँ रेकर्ड बनाएको छ । सुनको मुल्य तोलामा ७ सय रूपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मुल्य ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलवार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मुल्य पनि बुधवार बढेको छ । मंगलवार प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोवार भएको चाँदी आज ४० रूपैयाँले बढेर १ हजार ९ सय ५५ रूपैयाँमा कोरोवार भैइरहेको छ ।