नेपाल आहारपूरक सौन्दर्य वर्द्धक सङ्घ (एनएनसिए) ले प्रथम अधिवेशन गर्ने भएको छ। 
बुधवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी सङ्घले असोज १२ गते प्रथम अधिवेशन आयोजना गर्न लागेको जानकारी दिएको हो।
सङ्घले अधिवेशन मार्फत सुरक्षित मर्यादित र अनुशासित व्यवसाय सञ्चालनका लागि सम्पूर्ण व्यवसायीहरुलाई एकत्रित गर्ने र बजारको अस्वस्थ प्रतिस्पर्धालाई रोक्ने निर्णय गरेको पनि जनाएको छ। 
विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल आहारपूरक सौन्दर्य वर्द्धक सङ्घ (एनएनसिए) ले सुरक्षित मर्यादित र अनुशासित व्यवसाय सञ्चालनका लागि सम्पूर्ण व्यवसायीहरुलाई एकत्रित गर्ने र बजारको अस्वस्थ प्रतिस्पर्धालाई रोक्ने निर्णय गरेको छ। ‘उत्कृष्ट जीवनको लागि उत्तम पोषण’ भन्ने उद्देश्य बोकेको छ। आहारपूरक र सौन्दर्य वर्द्धक व्यवसायमा धुमिल भन्दा बाहिर जाने व्यवसायीलाई कारबाही गर्ने र सरोकारवाला निकायको समन्वयमा बजार अनुगमनमा सहजीकरण र सहयोग गर्ने समेत जानकारी गराउन चाहन्छु।’
आफूलाई मन पर्ने कम्पनीको क्रिम, सन–प्रोटेक्सन खरिद गर्न न्युट्रास्युटिकल र कस्मास्युटिकलका उत्पादनहरू उपभोक्ताले छानी छानी खरिद गर्न सक्ने भएतापनि नेपालमा औषधि, फुड, र कस्मास्युटिकल्स हेर्ने निकाय छुट्टा छुट्टै भएकाले पनि समस्या सिर्जना गरेको सङ्घको भनाई छ। 
सङ्घले आम उपभोक्ताहरूले न्युट्रास्युटिकल र कस्मास्युटिकल छानेर लिन सक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ।