वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले काठमाडौँ उपत्यकामा एकै दिन ६ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ।
चाडपर्व लक्षित अनुगमन सुरु गरेसँगै विभागले आइतबार काठमाडौँ, भक्तपुर र ललितपुरका ६ वटा विभिन्न व्यावसायिक फर्म एवं किराना पसलहरुलाई कारबाही गरेको हो। 
अनुगमनका क्रममा दोषी पाइएका रेस्टुरेन्ट, किराना पसल, मदिरा एवं सुर्तीजन्य पसल, मिठाई पसल र तथा जुत्ता कपडा पसलहरुलाई न्यूनतम पाँच हजार रुपैयाँ देखि २० हजार रुपैयाँसम्मको जरिवाना एवं स्पष्टीकरण सोधिएको वाणिज्य विभागले उल्लेख गरेको छ।
कारबाहीमा परेका पसलहरूमा नापतौल घटबढ गरिएको अखाद्य वस्तु बेच्ने गरेको पाइएकाले नगद कारबाहीदेखि कागजात मगाउने र निर्देशन दिएको विभागले उल्लेख गरेको छ। 
विभागले पछिल्लो समय चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्र बनाएको छ।
काठमाडौँ उपत्यकासहित मुलुकभर स्थानीय तहमार्फत बजार अनुगमनलाई तीव्र पारिएको विभागको भनाई छ।