बीपी कोइरालाका पीता कृष्णप्रसाद स्वयम पत्रकारितामा थिए। एकसय दुई बर्षपहिले ‘जन्मभूमि’ पत्रिकामा कृष्णप्रसादको लेख छापिएको थियो। त्यसबेला बीपीको उमेर आठ बर्षको थियो। बीपीको वृत्तान्त, किताब वा कृतिहरुमा वृत्तान्तहरुमा त्यो कुरा उल्लेख छ। १९१४ मा बीपीको जन्म भयो, १९२२ मा त्यो लेख छापिएको हो। अखबार र किताब पढने कुरामा बीपी गम्भीर हुुनुहुन्थ्यो। पत्रकारतिाको अभ्यास बाजेकै पालामा आएको पाइन्छ। बीपी कोइराला पाँच वर्षकै उमेरमा कृष्णप्रसादसँग निर्वासनमा जानुभएको र भारतमा महात्मा गान्धीबाट प्रभावित भएको देखन्छ।
बीपी कोइरालाको साहित्य पनि पत्रकारिताकै रुपमा लिन सकिन्छ। सारदा मासिक प्रकाशन पत्रकारिता नै थियो। बीपीले गल्ती पनि धेरै गर्नुभएको छ। त्यो सबै यहाँ उल्लेख गर्न नसकिएला। ‘मैले काम गर्दा गल्ती होलान् ती विषयको आलोचनात्मक समाचार लेखिदिनु’ भनेर बीपी भन्ने गर्नुहुन्थ्यो। वि.सं. २०१५को निर्वाचनपछि प्रतिपक्षी दल कमजोर भएका बेला दुई तिहाइ मत ल्याएर प्रधानमन्त्री बन्नुभएका उहाँले व्यक्त गरेका विचारहरुले पत्रकारिताको चेत स्पष्ट हुन्छ।
पिताजी कृष्णप्रसाददेखि परिवारको पत्रकारितामा योगदान रहेको यहाँ स्पष्ट पार्न चाहन्छु। कृष्णप्रसादले सूर्यविक्रम ज्ञवाली सम्पादक रहनुभएको जन्मभूमि पत्रिकामा लेख्ने गर्नुहुन्थ्यो। बीपी प्रत्यक्ष अप्रत्यक्ष रूपमा पत्रकारितामा संलग्न हुनुहुन्थ्यो। किनकी साहित्यिक पत्रिका शारदामा उहाँको योगदानबाट स्पष्ट हुन्छ।
प्रधानमन्त्री भएका बेला कम्युनिष्ट पार्टी निकट रहनुभएका मदनमणि दीक्षितलाई बीपीले सरकारका गलत कामको आलोचना गरेर लेख्नु भन्नुभएको थियो। गलत काम औँल्याइदिने प्रेसको सहयोगमा आफ्नो कमजोरी थाहा पाएर सच्चिने अवसर मिल्छ भन्ने बीपीको विचार थियो।




















