त्रिभुवन विमानस्थलबाट आज बिहान सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ।
श्री एयरलाइनसको श१२१ विमान सुर्खेतका लागि उडेको थियो। तत्काल प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन्।
अवतरणका क्रममा विमान केहीबेर धावनमार्गमै रोकिएको थियो। विमानमा ‘नोज ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ।
यो श्रीको पहिलो उडान थियो। अहिले उडान अवतरण सामान्य भएको छ।




















