विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। रानीस्थित एक नम्बर ढाटमा मोटरसाइकल ठोकिएर गम्भीर घाईते उनको उपचारका क्रममा मृत्यु भएको हो।

विराटनगर–१ परोपकार घाट विजयपुर टोलका २० वर्षीय शुसिल कामत सवार को २१ म ८९६२ नम्बरको मोटरसाइकल सीमा प्रहरी चौकी रानी अगाडीको एक नम्बर ढाटको बेरियरमा ठोकिएको थियो।

बुधबार बिहान भट्टीमोडबाट रानी जोगबनीतर्फ जाने क्रममा सडकमा लगाएको ढाटमा मोटरसाइकल ठोकिएपछि गम्भीर घाईते कामतलाई न्यूरो अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

प्रहरीका अनुसार उनको मोटरसाइकल तीव्र गतिमा रहेको थियो।