शेयर बजार परिसूचक नेप्से बुधबार घटेको छ। नेप्से आज ९० दशमलव ७३ अङ्कले घटेर दुई हजार सात सय ३९ दशमलव ४६ विन्दुमा पुगेर बन्द भएको हो।

आज तीन सय २० वटा कम्पनीका दुई करोड ६५ लाख कित्ता शेयर १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २ सय १५ रुपैयाँमा कारोबार भएका छन्। 

आज नेपाल फाइनान्स र एक्सेल डेभलपमेन्ट बैंकको ३० करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ।

आज सबै समूहको शेयर घटेकोमा बीमा, होटल, विकास बैंक, फाइनान्स, जलविद्युत्, उत्पादन, व्यपार, अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ। आज कुमारी इक्विटी फन्डको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ।

बजार उच्च अङ्कले ओरालो लागेको दिन पाँच वटा कम्पनीका शेयर भने १० प्रतिशतले बढेको छ।