राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले ऐनमा स्पष्ट भएको दफा र बुँदाहरु समितिका सदस्यहरुलाई थाहा हुनुपर्ने बताएकी छन्।
सोमबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले दफाहरु बुँदामा टेकेपछि समिति सदस्यहरुलाई थाहा हुनुपर्ने बताएकी हुन्।
उनले भनिन्, ‘हामीले ऐनमा स्पष्ट पारेको दफा वा बुँदामा टेकेर जुनजुन कुरामा प्रत्यायोजित विधायनको मस्यौदा गरेका छौँ त्यो सदस्यहरुलाई थाहा हुनुपर्यो। थाहा गराउने व्यवस्था छ की छैन ?’
साथै उनले प्रत्यायोजित विधायनमा रहेका शूल्कका कुराहरु र कार्यविधिका कुराहरु चित्त नबुझे सुझाव दिने ठाउँ हुनुपर्ने बताइन्।