उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार इटहरीबाट निर्माण सामग्री लिएर उदयपुरको बेलका नगरपालिका वडा नं.२ तर्फ जाँदै गरेको को २ त ६३४९ नम्बरको ट्याक्टर चौदण्डीगढी नगरपालिका–३ हात्तीसारमा पल्टिएर दुर्घटना भएको हो।

दुर्घटनामा ट्याक्टर चालक तिलक राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।