काठमाडौँमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिता अनतर्गत समूह ए को अन्तिम खेलमा आज घरेलु टोली नेपाल बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ। 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। यो खेलको बिजेता टोली समूह विजेता र पराजित हुने टोली समूह उपबिजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछन्। 

समूह'ए'मा लगातार दोस्रो हार भोग्दै श्रीलंका समूह चरणबाटै बाहिरिएको छ। श्रीलंका बाहिरिएसँगै नेपाल र बंगलादेश एक खेल अगावै सेमिफाइनल पुगिसकेका छन्।  

समूह 'ए'को बिजेताले सेमिफाइनलमा समूह बी को उपबिजेतासँग खेल्नेछ। समूह उपबिजेताले समूह बी को विजेता टोलीसँग खेल्नेछ। 

समूह चरणको पहिलो खेलमा श्रीलंकालाई १–० ले पराजित गरेको नेपाली युवा टोली बंगलादेशलाई पराजित गर्दै समूह बिजेताको रुपमा सेमिफाइनल खेल्न चाहन्छ। 

उता श्रीलंकामाथि २–० को जित निकालेको बंगलादेशको टोली नेपाललाई घरेलु मैदानमा नै स्तब्ध पार्न चाहन्छ।