सुनसरीको इनरुवामा ट्रकको ठक्करबाट दिँदा युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इनरुवा ४ बस चौकमा बुधबार साँझ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा भोक्राहा नरसिंह गाउँपालिका २ का रमानन्द मेहता रहेका छन्।

सुनसरीका प्रहरी पवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख १४५ नम्बरको ट्रकले को २२ प ४०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक मेहताको घटनास्थलमै मृत्यु भएको हो।

मेहता नोबेल अस्पताल विराटनगरबाट उपचार गरेर घर फर्कदैँ गर्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।