हिंसाको आगोमा जलिरहेको बंगलादेशमा फिल्म निर्माता सलिम खान र उनका छोरा शान्तो खानलाई भीडले घेरेर कुटीकुटी मारिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार सलिम भारतमा बंगाली सिनेमासँग पनि जोडिएका थिए। उनले टलिउड (पश्चिम बंगाल सिनेमा) का ठूला फिल्मस्टारमध्येका एक अभिनेता देवसँग फिल्म ‘कमान्डो’ बनाएका थिए, जुन कहिल्यै रिलिज भएन।
बंगलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानको जीवनीबाट प्रेरित बंगलादेशी फिल्म ‘तुंगीपारर मियाँ भाइ’ पनि सलीमले निर्देशन गरेका थिए।




















