खड्का आयल सेन्टरलाइ लागेको आरोपलाई गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय, विराटनगरले मापदण्डभित्र रहेको पुष्टि,सेन्टर सञ्चालनमा
बेलबारी २ लालभित्तीमा अवस्थित खड्का आयल सेन्टरले परिमाण भन्दा कम तेल बेचेको आरोप निराधार रहेको गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय, विराटनगरले पुष्टि गरेको छ। सोमबार एक युवकले बाईकमा पोट्रलको सट्टा हावा भरेको आरोप लगाएका थिए।

पेट्रल भर्न गएका सुब्बाले १३ लिटर क्षमता भएको मोटरसाइकलमा करिब २ लिटर रिजर्व रहँदा समेत थप साढे १४ लिटर तेल भरेको भन्दै खड्का आयल सेन्टरले हावा भरेको आरोप लगाएका थिए।
नाप–जाँचकोलागि गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय, विराटनगरबाट परिचालन गरिएको टोलीले नापतौल गर्दा मापदण्ड भित्र रहेको पुष्टि गरेको छ। स्थानीय बेलबारी वडा नं. २ का जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय बेलबारीको रोहबरमा रही नापतौल गर्दा मापदण्ड भित्र रहेको पाईएपछि खड्का आयल सेन्टर पुन सञ्चालनमा अएको छ।