नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। 

राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३३.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.३१ रुपैयाँ रहेको छ। 

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४४.८८ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.५३ रुपैयाँ रहेको छ।

त्यसैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०।४६ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.२३ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८७.१० रुपैयाँ रहेको छ भने बिक्री दर ८७.४९ रुपैयाँ रहेको छ। 

साउदी रियाल एकको खरिद दर ३५.६३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७९ रुपैयाँ रहेको छ। 

मलेसियन रिँगिट एकको खरिद दर २९.७३ रुपैयाँ रहेको छ भने बिक्री दर २९.८६ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।